जनता टाइम्स

२ आश्विन २०७७, शुक्रबार १०:३७

साकार भयो प्रधानमन्त्री ओलीको अर्को सपना : यस्तो छ नेपाली रेलका सेवा (फोटो फिचरसहित)


जनकपुर, असोज २

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै नेपाली रेल कुदाउने घोषणा गर्नुभएको थियो । उहाले नेपालमा भारतसँग सीमा जोडिएको क्षेत्रमा रहेको रेल्वे लाइनमा नेपाली रेल नै चलाउने सपना देख्नु भएको थियो । उहाको सपना यो मात्र होइन् पूर्व–पश्चिम रेल सञ्चालन गर्ने पनि रहेको छ । सो कार्य निक्कै तिव्र रुपमा अगाडी बढिरहेको छ ।

तर, प्रधानमन्त्री ओलीको त्यो सपनाका केहीले तत्कालिन रुपमा विरोध पनि गरे । प्रधानमन्त्री निवास बालुवाटार अगाडी पुगेर कागजको रेल समेत कुदाए । तर, उनिहरुलाई समयले नै जवाफ दिएको छ । सत्यको सदैव जित हुन्छ भने झै सरकारले करिव एक अर्ब खर्च गरेर किनेको दुई वटा रेल आज जनकपुर आइपुग्दैछ ।

एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल शुक्रबार अपराह्नसम्म जनकपुर आइपुग्ने भएको छ । नेपाल रेलवे विभागका अधिकारीहरूको दाबीअनुसार बिहारको हाजिपुर स्टेसनमा महिना दिनदेखि पार्किङमा राखिएको दुई ट्रेन सेट जनकपुरका लागि हिँडिसकेको छ ।

एक इञ्जिन र चारवटा बोगी रहेको रेलको दुई वटा सेट शुक्रबार जनकपुरमा हस्तान्तरण गरिँदै छ । बिहीबार राति भारतको हाजीपुरबाट जयनगर आइपुगेको रेलको दुवै सेट जनकपुर आएपछि भव्य स्वागत गर्ने तयारी छ ।

तस्बिर : नेपाल रेल्वे