जनता टाइम्स

२ आश्विन २०७७, शुक्रबार ११:२५

नर्स र मिडवाइफको लाइसेन्स परीक्षा १३ मंसिरमा हुने


काठमाडौं, असोज २

नेपाल नर्सिङ परिषद्ले नर्स र मिडवाइफहरुको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा आगामी १३ मंसिरमा गर्ने भएको छ । नर्सिङ लाइसेन्स परीक्षाका लागि पीसीएल नर्सिङ, वा विएस्सी नर्सिङ उत्तीर्ण भएको हुनुपर्ने र मिडवाइफका लागि व्याचलर इन मिडवाइफ्रि साइन्स (वीएमएस) उत्तीर्ण भएको हुनुपर्ने उल्लेख छ ।

परिषद्ले आज सूचना सार्वजनिक गर्दै बार्षिक कार्यतालिका अनुसार परीक्षा लिन लागिएको जनाएको हो ।  परिक्षामा सहभागी हुनका लागि असोज ४ गतेदेखि कार्तिक ३ गतेसम्म फाराम भरिसक्नुपर्नेछ। ४ कात्तिक देखि १५ कात्तिकसम्म फारम भर्दा दोब्बर दस्तुर तिर्नुपर्ने बताएको छ ।