जनता टाइम्स

२ आश्विन २०७७, शुक्रबार १२:२१

बबरमहल प्रकरण : ‘हन्ड्रेड ग्रुप’ का बब्लु गुप्ता निर्घात कुटिएको घटनाको छानविन हुँदै


काठमाडौं, असोज २

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको पुनर्नियुक्ति माग गर्दै शान्तिपूर्ण प्रदर्शनमा निस्किएका ‘हन्ड्रेड ग्रुप’ का अध्यक्षमाथि भएको कुटपिट सम्बन्धमा छानविन सुरू गरेको छ। बिहीबार दिउँसो बबरमहलमा ग्रुपका अध्यक्ष बब्लु गुप्तामाथि प्रहरीले लाठी, मुक्का तथा बुटले हानेका थिए।

सो घटनाको भिडिओ सार्वजनिक भएसँगै सामाजिक संजालमा प्रहरीको चर्को आलोचना सुरू भएको थियो। घटनामाथि प्रहरी प्रधान कार्यालयले रानीपोखरीलाई बिहीबार नै छानविन गर्न निर्देशन दिएको थियो। महानगरीय प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलले पनि यस सम्बन्धमा छानविन सुरू भइसकेको जानकारी दिनुभयो ।

प्रदर्शन गर्न गएका आफूहरूलाई प्रहरीले सम्झाइबुझाइ नगरी सिधै कुटपिट गरेको गुप्ताले बताउनुभयो । गुप्ताको टोली कुलमानलाई प्राधिकरणमा पुनः नियुक्ति माग्दै धर्ना बस्न र प्रदर्शन गर्न माइतीघर गइरहेका थिए।