जनता टाइम्स

२ आश्विन २०७७, शुक्रबार १५:५५

कैलाली एफएममा कार्यरत पत्रकार जंगलमा मृत फेला


धनगढी, असोज २

कैलालीमा कार्यरत एक पत्रकार मृत फेला पर्नुभएको छ । घोडाघोडी नगरपालिका–४ घर हुनुभएको २३ वर्षीय निर्मला पहराई सोही नगरपालिकाको–५ को एक जंगलको रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताउनुभयो ।

पहराई सोही नगरपालिकाको सुखडस्थित कैलाली एफएममा कार्यरत हुनुहुन्थ्यो । प्रहरीका अनुसार मृतक पहराई केही दिन अघिदेखि घरबाट सम्पर्कविहीन हुनुभएको थियो । प्रहरीले घटनास्थलमा पुगेर शवको पोष्टमार्टमका लागि अस्पताल ल्याउने तयारी गरिरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।