जनता टाइम्स

२ आश्विन २०७७, शुक्रबार २०:२८

बिरलै देख्न पाइने भिआइपीको त्यो दृष्य (फोटोफिचर)


दोलखा । तस्विरमा देखिएको दृष्य दोलखाको कालिञ्चोक गाउँपालिका वडा नं ५ लापिलाङको हो । जहाँ एक जना ब्यक्ति छाता ओढाएर आफूसहित सवैलाई बर्षाबाट जोगाउँदै सामुन्नेको भयावह दृष्य नियालीरहेका छन ।

केही दिन अघि आएको भिषण बर्षापछिको पहिरोल यतिबेला यस गाउँको स्वरुप नै बिगारेको छ भने सयौं परिवार बिस्थापित छन । माथि उल्लेखित तस्विर त्यसैको निरीक्षणको दृष्य हो । तस्विरमा देखिएको छाता ओढाएर दृष्य नियाली रहेका ब्यक्ति हुन संघीय सरकारका महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङ । मन्त्रीले ओढाएको छातामा ओत लाग्नेहरु मन्त्रीकै प्रमुख स्वकीय सचिव माहाराज गुरुङ र नेपाली सेनाबाट खटिएका नीजि सुरक्षाकर्मी हुन । मन्त्री भएदेखि नै पटक पटक अनुरोध गर्दा पनि अस्वीकार गरेपछि आजभोलि सुरक्षाकर्मी र सचिवालयका टीम यस्तो कार्यमा हत्तपत्त अगाडि नै पर्दैनन । ‘गाली खाइन्छ, त्यसैले ओढाउने भन्दा ओढनेतिरै परिन्छ,’ मन्त्री गुरुङका नीजि सचिवालयमा रहेका एक सहयोगीले जनताटाइम्सको जिज्ञासामा भने ।

आफ्नो भन्दा जनताको खुसी ठुलो ठान्ने गुरुङ मन्त्रालयको कामबाट केही दिन बिदा लिएर आज लापिलाङ आइपुग्नु भयो । पूर्वमन्त्री तथा नेकपाका नेता आनन्दप्रसाद पोखरेल, सोही निर्वाचन क्षेत्रबाट निर्वाचित बागमति प्रदेश सदस्य पशुपति चौलागाई, नेकपाका दोलखा अध्यक्ष इश्वर चन्द्र पोखरेलसहितको टोली लिएर मन्त्री गुरुङ बाढी पहिरोपीडित स्थल लापिलाङ आइपुग्दा झमझम पानी परिरहेको थियो । बर्षादबाट मन्त्रीलाई जोगाउन सहयोगी र सुरक्षाकर्मीहरु हानाथाप गरिरहेका थिए, तर गाडीबाट ओर्लनासाथ मन्त्री गुरुङले आफ्नो हातमा छाता लिनुभयो । अनि सवैलाई ओढाएर यसैगरी निरीक्षण गर्नुभयो ।

आफ्नो काम सधै आफै गर्ने र कसैलाई सहयोगी नबनाउने मन्त्री गुरुङले शुक्रवार दिनभर यसैगरी बिताउनु भयो । उहाँको सुरक्षामा खटिएका सुरक्षाकर्मीको लाखौं कोशिषको बावजुद आफैले यसैगरी छाता ओढाएर उल्टै सहयोग गर्नुभयो । त्यसो त मन्त्री गुरुङ राहतसहित यस क्षेत्रमा आउनु भएको हो । दोलखाका प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका मन्त्री गुरुङले लापिलाङका बाढी पहिरो पीडितका लागि राहत बोकेर आइपुग्नु भएको हो । उहाँले घटनास्थलमै बाढी पहिरो आउनुको कारण र क्षतीको एकिन बिरण संकलन गर्नुभयो ।