जनता टाइम्स

३ आश्विन २०७७, शनिबार ०७:४७

संबिधान दिवसमा मिडिया सोसाइटीका अध्यक्ष कँडेलसहित १६ पत्रकारलाई बिभुषण


काठमाडौं, असोज ३ । सरकारले संबिधान दिवसको अवसरमा १६ जना पत्रकारलाई बिभुषित गर्ने निर्णय गरेको छ । सरकारले नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकरकँडेलसहित १६ जना पत्रकारलाई मानपदव, अलकार र पदकद्वारा बिभुषित गर्ने निर्णय गरेको हो ।

यसरी बिभुषित हुनेमा कँडेलसहित डा. राजेशराज अहिराज, सागर पण्डित, राजेशकुमार अर्याल, गोबिन्दप्रसाद भण्डारी, धर्मेन्द्र कर्ण, सुभेच्छाबिन्दु तुलाधर, चिरञ्जिीवि मास्के (प्रवल जनसेववा श्री चतुर्थ) रहनुभएको छ । यसैगरी टीका बिष्ट, लिलाराज भट्टराई, सूर्यमणि गौतम, सविन प्रियाशन चौधरी, हरिनारायण गौतम, मोहन बस्नेत, कृष्णचन्द्र लामिछाने र तेजदत्त खकुराललाई जनसेवा श्री पञ्चमबाट बिभुषित गर्ने निर्णय सरकारले गरको हो ।