जनता टाइम्स

३ आश्विन २०७७, शनिबार ०९:११

यी हुन संबिधान दिवसमा बिभुषित हुनेहरु (नामसहित)


काठमाडौं, असोज ३ । सरकारले समाजका बिभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने ब्यक्तिहरुलाई संबिधान दिवसको अवसरमा बिभुषित गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको निर्णयअनुसार गृह मन्त्रालयले आज सचना प्रकाशित गरी राष्ट्रपति बिद्यादेवी भण्डारीबाट संबिधान दिवसको अवसरमा मानपदवी, अलङ्कार र पदकद्वारा बिभुषित गर्ने घोषणा गरेको हो ।

गृह मन्त्रालयको घोषणाअनुसार डा. सुन्द्रुक रुइतलाई सुप्रशिद्ध जनसेवा श्री (प्रथम) बाट बिभुषित गर्ने निर्णय गरिएको छ । यस्तै प्रधानसेनापति पुर्णचन्द्र थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, न्यायाधीश दिपक कार्की र अख्तियार दुरुपयोग अनुसन्धान आयागका पूर्वप्रमुख नविन घिमिरेलाई प्रशिद्ध प्रवल जनसेवा श्री (द्धितीय) बाट बिभुषित गरिएको छ ।

यस्तै सुकिर्तीमय राष्ट्रद्धिप (तृतीय) बाट अख्तियारका निमित्त प्रमुख आयुक्त डा. गणेशराज जोशी, बनस्पतिबिज्ञ डा. तीर्थबहादुर श्रेष्ठ, सचिव केदारबहादुर अधिकारी, राष्ट्रिय अनुसन्धान बिभागका मुख्य निर्देशक गणेशप्रसाद अधिकारी, सशस्त्र प्रहरीका एआइजी पुष्पराम केसी, रामशरण पौडेल र नापीबिज्ञ बुद्धिनारायण श्रेष्ठलाई दिने घोषणा गरिएको छ ।