काठमाडौं, असोज ३
नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नेतृत्व निरन्तरता या परिवर्तन स्वाभाविक प्रकृया भएको बताउनु भएको छ । उहाले यस्तो महामारीको अवस्थामा आफ्नो समर्थनमा भिडभाड गरेर प्रदर्शन नगर्न समेत अनुरोध गर्नुभएको छ ।
विभिन्न समुहको नाममा केही ठाउँमा प्रर्दशन हुन थालेपछि उहाले आज एक विज्ञप्ती निकालेर कोरोना महामारीका बेला सडकमा भीडभाड गरी प्रदर्शन नगरिदिन आग्रह गर्नुभएको छ । ‘नेपाल सरकारले मलाई कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी मैले सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको छु । प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसाथ गर्नैपर्छ’, उहाले विज्ञप्तीमा भन्नुभएको छ ।
यस्तो छ कुलमानको विज्ञप्ती
प्रतिक्रिया दिनुहोस्