जनता टाइम्स

४ आश्विन २०७७, आईतवार १५:२८

नेकपाले अघि बढायो मन्त्रिपरिषद पुनर्गठनको गृहकार्य


काठमाडौं, असोज ४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले औपचारिक रुपमा मन्त्रिपरिषद पुनर्गठनको गृहकार्य अघि बढाएको छ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको सचिवालय बैठकले मन्त्रिपरिषद पुनर्गठन मापदण्डसहित चार ओटा एजेण्डा तय गरी छलफल अघि बढाएसँगै नेकपाले मन्त्रिपरिषद पुनर्गठनको औपचारिक गृहकार्य अघि बढेको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभएको जानकारी अनुसार आजको बैठकले पहिलो एजेण्डाका रुपमा मन्त्रिपरिषद पुनर्गठन मापदण्ड तय गरेको छ । प्रवक्ता श्रेष्ठका अनुसार आजको सचिवालय बैठकले मन्त्रिपरिषद पुनर्गठन मापदण्डसहित चार ओटा कायूसूची तय गरेको छ ।

‘केही अगाडि सम्पन्न स्थायी कमिटीको निश्कर्ष र निर्णयहरुलाई कार्यान्वयन प्रक्रियामा लैजाने सिलसिलामा आजको सचिवालय बैठक बसेको हो । यो बैठकले चार ओटा कार्यसूची निश्चित गरेर छलफल प्रारम्भ गरेको छ । पहिलो मन्त्रिपरिषदको पुनर्गठनबारे राखिएको छ । मन्त्रिपरिषद पुनर्गठन स्थायी कमिटीको निर्णयअनुसार गर्ने तय भएको छ । पुनर्गठनका सन्दर्भमा सचिवालयमा बिभिन्न कोणबाट नीतिगत रुपमा सुझाव दिएको छ । ब्यक्तिहरुका नामका सन्दर्भमा भने आज हामी प्रवशेश गरेका छैनौ । क्राइटेरियाहरुको बारेमा बिभिन्न सुझाव दिएका छौं,’ प्रवक्ता श्रेष्ठले भन्नुभयो । प्रवक्ता श्रेष्ठका अनुसार बैठक भोलि १ बजे पुनः पेरिसडाँडामा बस्ने छ ।