जनता टाइम्स

५ आश्विन २०७७, सोमबार ०८:३५

पुनर्निर्माणपछि फेरियो देवल विमानस्थलको रूप


बझाङ, असोज ५ । झण्डै एक दशकदेखि बन्द रहेको जयपृथ्बी नगरपालिकास्थित देवल विमानस्थलको पुनर्निर्माण कार्य सकिएको छ । बन्द अवस्थामा रहेको विमानस्थलको कालोपत्रे गरि वरिपरि घेरवार लगाउने काम र नाली निमार्णको काम सकिएको हो ।

विमानस्थल सुचारु गर्न पटक–पटक यहाँका स्थानीयबासीले दवाव दिएपछन विमानस्थलामा जहाज आवत जावत गर्न सकिरहेको थिएन । यहाँका स्थानीय तथा जनप्रतिनिधीहरुले डेलिगेसनसहित दवाव दिएपछि नागरिक उड्डयन प्राधिकरणले २०७५ को साउन महिनामा विमानस्थल कालोपत्रेका लागि बोलपत्र आह्वान गरी निर्माण कार्य अघि बढाएको थियो ।

झण्डै ५ करोड ५० लाखको लागतमा १८ महिनाभित्र काम सम्पन्न गर्ने गरी अमर कन्स्ट्रक्सनले विमानस्थल निर्माणको जिम्मा लिएको थियो । कोरोना भाइरसका कारण लामो समयसम्म देशमा लकडाउन भएपछि विमानस्थल निर्माणको काम प्रभावित भएको थियो । ठेकेदार कम्पनिका प्रतिनिधि प्रदिप डंगोलका अनुसार विमानस्थल निर्माणको कामको अन्तिम समय गएको बैशाखमा भए पनि कोरोना भाइरसका कारण सम्पन्न गर्न नसकेकाले दशैँसम्म जहाज चल्ने गरेर हस्तान्तरण गर्ने तयारी गरिएको छ ।

बिमानस्थलको करिब ६ सय ५० मिटर रनवे कालोपत्रे गरिसकेको, वरिपरिको नालीको काम सकिएको बनाउने काम, अब विमानस्थलको साईड फिलिङको काम मात्र समेत सकिएको छ । असोजको दोस्रो साताभित्र परीक्षण उडानको तयारी भइरहेको उहाँको भनाई छ । नागरिक उड्डयन मन्त्रालयले उडानको अनुमति दिए विमान अवतरण गर्न सकीने तथा एरपोर्ट सुचारु हुने सक्ने छ । लामो समयदेखि बन्द अबस्थामा रहेको विमानस्थल सुचारु भएपछि यहाँका स्थानीयहरुलाई निकै राहत मिल्नेछ ।

समयमै काम सम्पन्न भई विमान सञ्चालनमा आएपछि सुत्केरी महिला, दुर्घटनामा परेका व्यक्तिहरूले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यताको अन्त्य हुने स्थानीय देब खड्काले बताउनुभयो । हिउँदको समयमा जयपृथ्वी राजमार्गमा हिँउ जम्मा हुने र वर्षा भएको वेला विभिन्न ठाउँमा पहिरो गएर राजमार्ग अवरुद्ध हुने भएकाले पनि यात्रुहरुले निकै सास्ती खेप्नुपरेको छ । सडक अवरुद्ध हुँदा आपतकालीन विरामीहरूले बाटोमै ज्यान गुमाउने गरेका छन ।

विमानस्थल सञ्चालनमा आएपछि जिल्लाको जिल्लाको पर्यटनमा समेत टेवा पुग्ने स्थानीय पर्यटन ब्यवसायि किशोर खड्काले बताउनुभयो । उहाँले साइपाल हिमाल, खप्तड राष्ट्रि निकुञ्ज, सुर्मा ताल, कैलाश गुफा, कैलाश मानासरोवर लगायतका दर्जनभन्दा बढी धार्मिक तथा पर्यटकीय स्थलहरूमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहको समेत वृद्धि आशा गरिएको छ ।

२०३५ सालमा निर्माण भएको देवल विमानस्थलको स्तरोन्ति हुन नसक्दा जहाजले उडन भर्न सकेका थिएनन् । केही समय निगम बाहेकका निजी विमान कम्पनीहरूले पनि बझाङबाट नेपालगन्ज र धनगढीका लागि उडान भर्ने गरेका थिए । द्वन्द्वकालमा माओबादीले दुईपटक बिमानस्थलको टावरमा बम बिस्फोट गराएपछि सुरक्षा अभावसँगै बझाङबाट नेपालगञ्ज जाने यात्रुको चाप घट्न थालेपछि निजी विमान कम्पनीहरूले पनि उडान रद्द गरेका थिए ।