काठमाडौैं, असोज ५
प्रधानमन्त्री केपी शर्मा ओलीले आङरिता शेर्पाको कीर्तिमानी सदास्मरणीय रहने बताउनु भएको छ । बिना अक्सिजन १० पटक सगरमाथा आरोहण गर्नुभएका शेर्पाको आज विहान निधन भएपछि उहाले शोक व्यक्त गर्दै कीर्तिमानी सदास्मरणीय रहने बताउनु भएको हो ।
टिवट्रमा उहाले शेर्पाको निधनप्रति गहिरो समवेदना समेत प्रकट गर्नुभएको छ । ‘बिनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नु भएका आङरिता शेर्पाको निधनले अत्यन्त दुःखित तुल्याएको छ । यस दुःखद् घडीमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरुप्रति गहिरो समवेदना ब्यक्त गर्दछु । उहाँको कीर्तिमानी सदास्मरणीय रहने छ’, उहाले लेख्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्