जनता टाइम्स

६ आश्विन २०७७, मंगलवार ११:१३

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : मन्त्रीले मागे अन्तर्राष्ट्रिय टर्मिनल भवन डिजाइनमा सुझाव


काठमाडौं, असोज ६

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाउन विभिन्न डिजाइन तयार भएका छन् । सरकारले विमानस्थलमा आधुनिक स्तरको टर्मिनल बनाउन विभिन्न डिजाइन तयार पारेर सुझावका लागि सार्वजनिक गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले विभिन्न आकारका डिजाइन सार्वजनिक गर्दै कुन उत्कृष्ठ हुन्छ भनेर सुझाव माग्नु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकणका निर्देशक इन्जिनियर प्रदिप अधिकारीले आधुनिक भवन बनाउन डिजाइनको काम अघि बढेको जानकारी दिनुभयो । उहाले कस्तो डिजाइनको टर्मिनल भवन बनाउने भन्ने विषयमा छलफल चलिरहेको पनि बताउनु भयो ।

मन्त्री भट्टराईले गौतम बुद्ध अन्तर्रास्ट्रिय विमानस्थल भैरहवामा दोस्रो टर्मिनल भवनको निर्माणको तयारी सुरु भएको बताउनु भयो । प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले नमस्ते आकारमा बनेको विमानस्थलको डिजाइन उत्कृष्ठ भएको जवाफ सामाजिक सञ्जालबाटै फर्काउनु भएको छ । उहाले विजनेश कम्प्लेक्ससहितको बनाउन पनि सुझाव दिनुभएको छ ।

यस्ता छन् डिजाइन

१.

२.

३.

४.

५.