जनता टाइम्स

६ आश्विन २०७७, मंगलवार १५:४८

मन्त्रिपरिषद पुनर्गठनबारे नेकपाले लियो यस्तो निर्णय


तस्विर : राजन काफ्ले, प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौं, असोज ६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मन्त्रिपरिषद पुगर्नठनको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न सचिवलाय बैठकले स्थायी कमिटीको निर्णय कार्यान्वयनको सन्दर्भमा आवश्यक परामर्श गरी सरकारको कामलाई अझै प्रभावकारी बनाउन चाँडो भन्दा चाँडो मन्त्रिपरिषद पुनर्गठन गर्न अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीलाई जिम्मा दिएको हो ।  प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभएको जानकारी अनुसार बैठकमा मन्त्रिपरिषद पुनर्गठनको बिषयमा सवै सदस्यले आवश्यक सुझाव दिनुभएको छ ।

अव प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसँग परामर्श गरी नेताहरुको सुझावको आधारमा मन्त्रिपरिषद पुनर्गठनको निर्णय लिनुहुनेछ । ‘स्थायी कमिटीको निर्णय कार्यान्वयनको सन्दर्भमा सचिवालयमा महत्वपुर्ण सुझाव दिइएको छ, त्यसकै आधारमा प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठन गर्नुहुनेछ,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भन्नुभयो ।

सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले मन्त्रिपरिषद पुनर्गठनको बिभिन्न बिकल्प राखेर सुझाव माग्नुभएको थियो ।  बैठकमा अध्यक्ष प्रचण्डसहित सवै नेताले आफ्नो सुझाव दिनुभएको छ ।