जनता टाइम्स

६ आश्विन २०७७, मंगलवार २२:५७

ऋषि धमलाले लिएनन प्रेस काउन्सिलको पुरस्कार


काठमाडौं, असोज ६ । पत्रकार ऋषि धमलाले प्रेस काउन्सिल नेपालले प्रदान गरेको पुरस्कार बहिष्कार गर्नुभएको छ । काउन्सिलका कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठको गृहजिल्ला धादिङ निवासी पत्रकार धमलाले सभामुख अग्नि सापकोटाले बितरण गर्नुभएको पुरस्कार ग्रहणमा उपस्थित नभई बहिष्कार गर्नुभएको हो ।

प्रेस काउन्सिलले आफ्नो ५१औं स्थापना दिवशको अवसरमा आज धमलासहितका पत्रकारहरुलाई प्रेस काउन्सिल नेपाल क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो । २० हजार राशिको सो धमलासहित झापाका पुरस्कार गोविन्द क्षेत्री, काठमाडौंका राजन कार्की, धनुषाका धर्मेन्द्र कर्ण काठमाडौंका उमेश श्रेष्ठ, कास्कीका दीपेन्द्र श्रेष्ठ र काठमाडौंकी नितु पण्डितलाई प्रदान गरिएको थियो । धमलाले पुरस्कार लिन जान नभ्याएको र मन पनि नलागेको प्रतिक्रिया दिनुभयो ।

‘काममा ब्यस्त हुँदा समय भ्याइएन, दोस्रो दर्जाको पत्रकार बनेर लिन मन पनि लागेन, त्यसैले कार्यक्रममा नगएको हो, यसलाई बहिष्कार भन्न त मिल्दैन होला,’ जनताटाइम्ससँग धमलाले भन्नुभयो ।