काठमाडौै, असोज ७
चीनले हुम्लास्थित नेपाली भूभागमा भवन निर्माण नगरेको स्पष्ट पारेको छ । चिनियाँ भुभागमै भवन बनाएको स्पष्ट पार्दै यसविषयमा नेपालले फेरी प्रमाणीकरण गर्न सक्ने बताएको छ । नेपाली सञ्चारमाध्यममा चिनियाँ पक्षले हुम्लास्थित नेपाल–चीन सीमा क्षेत्रको नेपाली भूभागमा भवन निर्माण गरेको समाचारलाई लिएर काठमाडौंस्थित चिनियाँ दूतावासले मंगलबार खण्डन जारी गर्दै सो बताएको हो ।
चिनियाँ दूतावासका प्रवक्ता वाङ सीयओलङले चीन–नेपाल सीमा क्षेत्रमा बनेको भवन चीनकै भूभागमा रहेको प्रमाणित भएको दाबी गर्नुभएको छ । ‘नेपाली पक्षले फेरि प्रमाणीकरण गर्न सक्छ,’ प्रवक्ता वाङद्वारा जारी विज्ञप्तीमा भनिएको छ । चीन र नेपाल नजिकको छिमेकी रहेको बताउदै उहाले चीनले सधैं नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई सम्मान गरेको उल्लेख गर्नुभयो ।
चिनियाँ दूतावासका प्रवक्ता वाङले चीन र नेपालको कुनै पनि भूभाग सम्बन्धमा विवाद नभएको उल्लेख गर्दै दुवै पक्षले जहिले पनि सीमा मामिलामा संवाद गर्न सक्ने बताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्