जनता टाइम्स

७ आश्विन २०७७, बुधबार १३:२६

वामदेवको मुद्दा : न्यायाधीश आनन्दमोहनको इजलासमा सुनुवाई जारी


काठमाडौं, असोज ७

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा गरिएको नियुक्ति बदर गर्न माग गरिएको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरू भएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा सुनुवाई जारी रहेको छ ।

गौतमको नियुक्ति संविधानविपरीत भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र बद्री राज भट्टले सोमबार सर्वोच्चमा रिट दिनु भएको थियो । पूर्वअर्थमन्त्री युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको अवधि सकिएपछि गौतमलाई सरकारले सिफारिस गरेको थियो । प्रतिनिधि सभामा हारेकाहरूलाई राष्ट्रियसभामा लैजाने प्रवृत्ति बढेको भन्दै नियुक्ति बदर गर्न रिटमा माग गरिएको छ ।