जनता टाइम्स

७ आश्विन २०७७, बुधबार २०:२१

सर्वाेच्चका प्रवक्ताले दिए बामदेव गौतमका समर्थकलाई खुसीको खवर : यस्तो रहेछ अन्तरिम आदेशको सही अर्थ


 बामदेव गौतमलाई सांसदको रुपमा काम गर्न रोकेको होइन, थप जिम्मेवारी मात्रै नदिनु भन्ने आदेश हो

काठमाडौं, असोज ७ । सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले सर्वोच्च अदालतले आज जारी गरेको आदेशमा बामदेव गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिनु भन्नेसम्मको आदेश मात्रै भएको बताउनु भएको छ ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलाशले आज दिएको आदेशमा निर्णय यथास्थितिमा राख्नु भन्ने व्यहोरा उल्लेख भए पनि त्यो विषय थप संवैधानिक जिम्मेवारी दिनेबारेको हकमा मात्रै रहेको पोखरेलले बताउनु भयो ।

आदेशमा शपथ ग्रहण भइसकेको देखिएकाले विपक्षी (वामदेव गौतम) को जवाफ सुनेर समेत निर्णय गर्नुपर्ने भयो भन्ने व्यहोरा छ, हामीले त आदेशमा जे छ त्यही भन्ने हो । आदेशको व्यहोरा हेर्दा थप जिम्मेवारीका बारेमा मात्रै निर्णय यथास्थितिमा राख्नु भनिएको हो । दुवैपक्षको छलफलपछि मात्रै अन्तरिम आदेशमा थप कुरा आउला,’ पोखरेलले भन्नुभयो ।