जनता टाइम्स

८ आश्विन २०७७, बिहीबार १३:१४

फेरी घट्यो सुनको मूल्य : तोलाको कति ?


काठमाडौ, असोज ८

पछिल्ला केही दिनयता नेपाली बजारमा पहेँलो धातुको मूल्यमा लगातार गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारदेखि सुनको भाउ निरन्तर ओरालो लागेको छ। सोमबार प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार प्रतितोला एक हजार ७००, बुधबार एक हजार २०० रुपैयाँ र आज प्रतितोला एक हजार २०० रुपैयाँले घटेको छ।

महासंघले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ तोकेको छ। बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएको थियो। यस्तै बिहीबार चाँदीको मूल्यमा पनि प्रतितोला ७० ले गिरावट आएको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार १२० रुपैयाँ तोकिएको छ।