कावासोती, असोज ९
पूूर्व पश्चिम राजमार्ग अन्तरगत बिनयी त्रिवेणी गाउपालिका दुई दाउन्नेको बिश्वकर्मा मन्दिर नजिकै बिहिबार बेलुकी माथिबाट खसेको पहिरोसँगै बस भिरबाट तल खस्दा एक जनाको मृत्यु भएको छ । ६ जना घाईते भएका छन् ।
मृत्यु हुनेमा रुकुम पश्चिम आठबिसकोट गाउँपाकिला १० बस्ने २५ वर्षको हरिषचन्द्र केसीको गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभयो ।
बसमा १८ जना सवार रहेका थिए । प्रहरी र स्थानीयको टोलीले उद्धार गरि घाईते सात जनालाई पुरानो मेडिकल कलेज लगिएको थियो । घाईते मध्ये एक जनाको मृत्यु भएको हो । बसमा सवार अन्य ११ जनाको अवस्था सामान्य रहेको छ ।
पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना ५ ख ७९४० नम्बरको बसलाई पहिरोसंगै खसेको लेदोले सडकबाट ३० फिट तल बस खसालेको प्रहरी नायव उपरीक्षक खाँणले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्