जनता टाइम्स

९ आश्विन २०७७, शुक्रबार १४:३६

सशस्त्र प्रहरी बलको गुल्म शिलान्यासका लागि गृहमन्त्री थापा छाङरुमा


दार्चुला, असोज ९

सरकारले भारतसँग सीमा जोडिएको दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको गुल्म स्थापना गर्ने भएको छ । गुल्मको आजै शिलान्यास गर्ने तयारी भएको छ । त्यसका लागि गृहमन्त्री रामबहादुर थापा व्यास गाउँपालिकाको छाङरु प्रस्थान गर्नुभएको छ ।

उहा नेपाली सेनाको हेलिकप्टरमार्फत शुक्रबार दिउँसो उक्त क्षेत्र जानु भएको हो । सशस्त्र प्रहरी बल गुल्म नम्बर ५० को भवन शिलान्यास गर्न गृहमन्त्री थापा छाङरु गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गृहमन्त्रीसँगै त्रिदेशीय सीमा क्षेत्र छाङरु जानेमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, गृहसचिव महेश्वर न्यौपाने, गृह मन्त्रालयका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत हुनुहुन्छ ।

असार २९ गते बसेको मन्त्रिपरिषद् बैठकले सदरमुकाम खलंगामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मलाई व्यास गाउँपालिका–१ छाङरुमा सार्ने निर्णय गरेको थियो ।