जनता टाइम्स

९ आश्विन २०७७, शुक्रबार १८:३३

वीरेन्द्रनगरको खोर्के खोलामा बगिरहेको अवस्थामा नवजात शिशुको भेटियो शव


सुर्खेत, असोज ९

वीरेन्द्रनगरमा खोलामा बगिरहेको अवस्थामा एक नवजात शिशुको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त शव वीरेन्द्रनगर नगरपालिका–४ र ६ को बीचमा पर्ने खोर्के खोलाको रातो पुल नजिक भेटिएको हो । प्रहरीले उक्त शव बालकको रहेको जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र भट्टले जन्मेलगत्तै शिशु फालिएको हुनसक्ने बताउनुभयो । ‘शवको प्रकृति हेर्दा जन्मिने बित्तिकै फ्याँकिएको देखिन्छ’, उहाँले भन्नुभयो, ‘कसले किन फालेको हो भन्नेबारे अनुसन्धान सुरु भइसकेको छ ।’ प्रहरीले घटनास्थलबाट मुचुल्का उठाएर शव परीक्षणका लागि प्रदेश अस्पताल कालागाउँ पठाएको छ ।