जनता टाइम्स

९ आश्विन २०७७, शुक्रबार १८:३७

बाढीमा बेपत्ता भएका नेपाल विद्युत् प्राधिकरण जीतपुरका प्रमुख पौडेलको शव फेला


चन्द्रौटा, असोज ९

तीन दिनदेखि बेपत्ता भएका कृष्ण पौडेलको शव आज फेला परेको छ । बुधबार कपिलवस्तुको वाणगङ्गा नगरपालिका कोइली खोलामा आएको बाढीले विद्युत् कार्यालय जितपुरको जीप बगाएको थियो ।

जीपमा सवार ६ जना मध्ये तीन जना पौडेर बाँच्न सफल भएका थिए भने दुई जनाको यसअघि शव फेला परेको थियो । बेपत्ता पौडेलको शव कपिलवस्तु नगरपालिका–६ सगरहवामा पानीमा तैरिरहेका अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनुभयो ।

मृतक तीनमध्ये बुधबार नै एक जनाको शव भेटिए पनि दुई जना भने बेपत्ता थिए । बिहीबार थप एक जनाको शव भेटिएको थियो । पौडेल नेपाल विद्युत् प्राधिकरण फ्युज सेवा जीतपुरका प्रमुख हुनुहुन्थ्यो ।