काठमाडौं, असोज १२ । इन्डियन प्रिमियर लिग (आईपीएल) को आइतबार भएको हाई स्कोर खेलमा राजस्थान रोयल्सले सनसनीपूर्ण जित हात पारेको छ। २ सय २४ रनको फराकिलो लक्ष्य पछ्याएको राजस्थानले किंग्स इलेभन पञ्जावलाई ४ विकेटले पराजित गर्दै सनसनीपुर्ण जीत निकालेको हो ।
यूएईको शारजहाँ स्टेडियममा भएको खेलमा पञ्जावले पहिला ब्याटिङ्ग गर्दै २ सय २३ रन बनाएको थियो। जवाफी ब्याटिङ्ग गरेको राजस्थानले अन्तिम ओभरमा ६ विकेट गुमाएर जीत निकालेको हो । टस हारे पहिला ब्याटिङ्ग गरेको पञ्जावले २ सय २३ रन बनाएको थियो। लगातार दोस्रो जित हात पार्नेक्रममा राजस्थानका लागि राहुल टेबटियाले सनसनीपूर्ण ब्याटिंग गरे। जस्ले पराजयको निकट पुगेको राजस्थान रोयल्सलाई जीत दिलाउने काम गर्यो । उनको सनसनीपुर्ण ब्याटिंग आईपीएल इतिहासमा सबैभन्दा ठूलो टार्गेट चेज भएको हो ।
शेल्डन कर्टेलको बलमा ५ छक्का प्रहार गरेर तुफानी ब्याटिंग गरेका राहुलले ३१ बलमा ५३ रन बनाउने क्रममा ७ छक्का प्रहार गरे। राजस्थानका लागि सञ्जु स्यामसनले सर्वाधिक ४२ बलमा ८५ रन बनाए। यस्तै कप्तान स्टेभन स्मिथले २७ बलमा ५० रन बनाए। पहिला ब्याटिंग गरेको पञ्जावका लागि ओपनर मयंक अग्रवालले ५० बलमा १०६ रन बनाए। यस्तै कप्तान तथा अर्का ओपनर के एल राहुलले ६९ रन बनाएका थिए । जारी प्रतियोगितामा राजस्थानको यो लगातार दोस्रो जित हो । तीन खेल खेलेको पञ्जावले भने एक जित र दुई हार व्यहोरेको छ।
प्रतिक्रिया दिनुहोस्