जनता टाइम्स

१२ आश्विन २०७७, सोमबार ११:१४

गजुुरको पर्खाइमा बालगोपालेश्वर मन्दिर


काठमाडौं, असोज १२

भूूकम्पले क्षतिग्रस्त रानीपोखरीको पुननिर्माण सकिएको छ । पोखरीमा पानी भर्ने काम र वरिपरि हरियाली बनाउने काम लगभग सम्पन्न भईसकेको छ । रानीपोखरीको मध्यभागमा रहेको बालगोपालेश्वर मन्दिरको पनि पुननिर्माण सकिने अवस्थामा पुगेको छ ।

पुननिर्माणको अन्तिम चरणमा पुगेको बालगोपालेश्वर मन्दिरमा आज गजुर प्रतिस्थापन गरिने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरका अनुसार आज मध्यान्हमा जुरेको शुभ साइतमा मन्दिरमा गजुर राखिनेछ । गजुरे राखेपछि क्षमा पुजा पनि हुनेछ ।

पहिलो चरणको योजनाअनुसार पोखरी वरपर सरसफाइ लगायतको केही काम मात्रै बाँकी छन् । केही दिनभित्रै रानीपोखरीमा माछाका भुरा पनि हालिने बताइएको छ ।