काठमाडौं, असोज १२
बसको ठक्करबाट सांसद प्रकाश रसाइली (स्नेही) घाइते भएका छन्। आज बिहान टेकुमा बसले सांसद रसाइली सवार स्कुटरलाई ठक्कर दिँदा घाइते भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जनाकारी दिनुभयो ।
उहाँलाई आज बिहान टेकु सडक खण्डमा बा २ ख ९८१० को मिनी बसले रसाईली सवार बा ६५ प ५६७३ स्कुटर दिएको थियो । उहाँको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको यादवले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्