काठमाडौं, असोज १४
पछिल्लो २४ घण्टामा १०५७ जनाले कोरोनासँगको लडाईं जित्नुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभरका अस्प्तालमा उपचाररत १०५७ जनाले कोरोना जितेर घर फर्किएका हुन । पछिल्लो २४ घण्टामा घर फर्केनको यो संख्यासँगै नेपालमा कोरोना जित्नेको संख्या ५६ हजार ४२८ पुगेको छ ।
स्वास्थ्य प्रवक्ता गौतमका अनुसार डिष्चार्ज हुनेमा प्रदेश १ मा ५०९४, प्रदेश २ मा १३७३९, बागमति प्रदेशमा १५७०५, गण्डकी प्रदेशमा ३३४८, प्रदेश ५ मा ८७५९, कर्णाली प्रदेशमा २९१५ र सुदुरपश्चिम प्रदेशमा ६८६८ जना कोभिड संक्रमणबाट मुक्त हुनुभएको छ । मन्त्रालयका अनुसार आजसम्म डिस्चार्ज हुनेको यो संख्या ७२.५ प्रतिशत हो ।
प्रतिक्रिया दिनुहोस्