जनता टाइम्स

१७ आश्विन २०७७, शनिबार १६:३७

रेल्वे कम्पनीमा १२९ जनाका लागि ३३ हजारको आवेदन, कार्यालय सहयोगीमा सवैभन्दा बढी (सूचीसहित)


काठमाडौं, असोज १७ । नेपाल रेल्वेको २९ वटा बिभिन्न पदहरुमा १२९ जनाको करारमा पदपुर्ती गर्न आह्वान गरिएकोमा ३२ हजार भन्दा बढीको आवेदन परेको छ । रेल्वेका महाप्रबन्धक गुरु भट्टराईका अनुसार आवेदन आह्वान गरिएको अन्तिम समयसम्म ३२ हजार ६ सय ८६ जनाले आवेदन दिएका हुन ।

रेल्वे कम्पनीले शाखा अधिकृत १ जना र कानून अधिकृत १ जनासहित१ सय २९ जनाका लागि निवेदन मागेको थियो । आवेदन माग भएकोमध्ये कार्यालय सहयोगीमा सवैभन्दा धेरैको आवेदन परेको छ । रेल्वे कम्पनीले ८ जना कार्यालय सहयोग मागेकोमा १७ सय ९३ जनाले आवेदन दिएका छन ।

हेर्नाेस सूची

महाप्रवन्धक भट्टराईले आवेदकहरुको डकुमेन्ट भ्यालिडिटी रुजु गर्ने र अन्तिम संख्यामध्य मेरिट लिस्टमा पर्नेहरुलाई अन्तर्वार्तामा बोलाइने जानकारी दिनुभयो । उहाँले कर्मचारी छनोट अत्यन्तै पारदर्सी ढंगबाट गर्ने घोषणा पनि गर्नुभएको छ । ‘पारदर्सी रुपमा जानकारी कर्मचारी छनोट गरी सार्वजनिक जानकारी गराउने नै छौं, भनसुन वा आर्थिक लेनदेनको आधारमा कर्मचारी छनोट हुने अनावश्यक हल्लाको पछि नलाग्न सवै आवेदकलाई आग्रह गर्दछु,’ महाप्रबन्धक भट्टराईले भन्नुभयो ।