जनता टाइम्स

१८ आश्विन २०७७, आईतवार १०:३२

राष्ट्रपति भण्डारीले पठाउनु भयो अमेरिकी राष्ट्रपतिलाई स्वास्थ्य लाभको सन्देश


काठमाडौं, असोज १८ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमणमा पर्नुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम पहिला मेलानिया ट्रम्पको शीर्ष स्वास्थ्य लाभको कामना गर्दै सन्देश पठाउनुभएको छ ।

राष्ट्रपति भण्डारीले शनिबार सो सन्देश पठाउनु भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति भण्डारीले आफ्नो सन्देशमा कोरोना भाइरस नियन्त्रणको लागि ठोस कार्यमा महत्वपूर्णमा जोड दिनुभएको छ ।

उहाँले महामारीको बेलामा स्वास्थ्य, कल्याण र अर्थव्यवस्थालाई जोगाउन पनि ठोस कार्यको महत्वमा जोड दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको हो । राष्ट्रपति भण्डारीले अगामी दिनमा पनि बहुपक्षीय नेपाल–अमेरिका सम्बन्ध अझ बलियो हुँदै जाने बिश्वाससमेत ब्यक्त गर्नुभएको छ ।