काठमाडौं, असोज १८
कोरोना संक्रमणका कारण नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पाँच दिनका लागि बन्द गरिएको छ । केही केन्द्रीय सदस्य सहित नेताका सहयोगीमा कोरोना संक्रमण देखिएपछि कांग्रेसले आजबाट ५ दिनको लागि सानेपामा रहेको केन्द्रीय कार्यालय बन्द गरेको हो ।
पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतवार एक सूचना प्रकाशित गरी असोज २२ गतेसम्म पार्टी कार्यालय बन्द गरिएको जानकारी दिनुभयो । १५ गते गरिएको पीसीआर परीक्षणमा अर्जुन नरसिंह केसी, गगन थापालगायतका केन्द्रीय सदस्यलाई कारोना पुष्टि भएको थियो । केन्द्रीय कार्यालय बन्द भएपछि भोलिका लागि तय भएको केन्द्रीय समिति बैठक प्रभावित हुने भएको छ ।
दिउँसोसम्ममा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित हुने सम्भावना रहेको एक नेताले जानकारी दिनुभएको छ । महाधिवेशन तालिकाको बारेमा छलफल गर्न भोलिका लागि केन्द्रीय समिति बैठक बोलाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्