काठमाडौं, असोज १८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण ह्वात्तै बढेपछि पुनः लकडाउन गर्ने विषयमा छलफल चलाएको छ । काठमाडौं उपत्यकामा दिनहुँ स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्दा झन्–झन् संक्रमण बढेको भन्दै लकडाउन गर्नुपर्ने विषयमा मन्त्रालयमा छलफल चलेको स्रोतले जनाएको छ । यसअघि स्वाथ्यमन्त्री भानुभक्त ढकालले पुनः लकडाउन हुने विषयलाई हल्लाको रुपमा लिन आग्रह गर्नुभएको थियो ।
तर स्रोतका अनुसार अबको ५ दिनभित्रै काठमाडौं उपत्यकामा पुनः लकडाउन नगरे स्थिति भयावह हुन्छ । यसैगरी संक्रमित बढ्दै जाने र अस्पतालमा भएका सबै बेड खाली नहुने अवस्थामा स्थितिलाई नियन्त्रणमा लिन लकडाउनको विकल्प छैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पटक–पकट सर्वसाधारणलाई स्वास्थ्य मापदण्डका उपाय अपनाउन आग्रह गर्दै आउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्