जनता टाइम्स

१८ आश्विन २०७७, आईतवार १६:३५

थप ७ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ५३५


काठमाडौं, असोज १८

कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ७ जनाको मृत्यु भएको हो । योसँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५३५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ४ महिला र ३ जना पुरुष गरि ७ जनाको मृत्यु भएको हो । यो संक्रमित हुनेहरुबाट मृत्यु हुनेको संख्या ०.६२ प्रतिशत हो ।