जनता टाइम्स

१८ आश्विन २०७७, आईतवार १९:१५

राजनीतिक मुद्दा बोकेर बिरोध प्रदर्शनमै उत्रिए टिचिङ अस्पतालका आवासीय चिकित्सक, दिए यस्तो धम्की


काठमाडौं, असोज १८ । स्वास्थ्य सेवा र शिक्षामा सुधार माग गर्दै अनशन बस्नुभएका सत्याग्रही डा. गोविन्द केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालमा चिकित्सकहरुले प्रदर्शन गरेका छन ।

चिकित्सकहरूले हातमा कालोपट्टी बाँधेर प्लेकार्डसहित अस्पताल परिसरमा प्रदर्शन गरेका हुन । जुम्लामा १९ औं चरणको सत्याग्रह सुरु गर्नुभएका डा. केसीले हाल त्रिवि शिक्षण अस्पतालबाटै असनसलाई निरन्तरता दिनुभएको छ ।

आज अनशनको २१ औं दिन पुगिसक्दा पनि सरकारले कुनै चासो नदेखएकोको भन्द आवासीय चिकित्सकहरुले प्रदर्शन गरेका हुन । चिकित्सकहरुले डाक्टर केसीको जीवन रक्षाका लागि अब जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने चेतावनी दिएका छन ।

डा. केसीको जीवन रक्षाको माग गर्नु र तत्काल बार्तामार्फत निकास खोज्नु जायज भएपनि प्रदर्शनकारीले बोकेको प्लेकार्डमा लेखिएका नारा शतप्रतिशत राजनीतिक रहेको पाइन्छ । आवासीय चिकित्सकहरुले बोकेको प्लेकार्डमा भने त्रिबि शिक्षण अस्पताल वा चिकित्सा क्षेत्रसँग सम्बन्धित कुनै पनि माग छैन । उनीहरुको माग पेशागत छैन, राजनीतिक मात्रै रहेको देखिन्छ । अख्तियारमाथिका हस्तक्षेप बन्द गर, दलीय भागबण्डा बन्द गर भन्ने नारा लेखिएको छ । यसरी त्रिबि शिक्षण अस्पतालका आवासीय चिकित्सक किन राजनीतिक माग बोकेर प्रदर्शनमा उत्रिए ? यस्को जवाफ प्रदर्शनकारीले दिएका छैनन ।