पाँचथर, असोज १९
तेह्रथुम, आठराई गाउँपालिकामा चार दिने सामाजिक सुरक्षा तथा घटना दर्ता प्रणाली अभिमुखिकरण सुरु भएको छ ।आइतबारदेखि एमआइएस प्रणालीबाट व्यक्तिगत घटना अनलाइनमा दर्ता सुरु गर्नलाइ अभिमुखिकरण दिइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मथलो सो पालिकामा अनलाइन प्रणालीमा फड्को मारिरहेको छ ।
प्रम ओलीले अबको युग इन्टरनेट र सञ्चारको युग भनिरहेका बेला प्रविधिमा थप क्षमताको विकास गर्न लागिएको जनाइएको छ । पालिका भरीका सात वटा वडाका सचिवहरु र वडा सहायकहरु गरी १४ जनाको सहभगीता रहेको छ । सहभागीहरुले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता, लगतकट्टा, लगायत अभिमुखिकरण सिकाई सिक्ने छन् ।
सिकेर अनलाइनमा कार्य सुरु हुने फिल्ड असिस्टेन विष्णु बरालले जाकारी दिए । अभिमुखिकरणलाई एमआईएस अपरेटर कृष्ण चम्लागाइ, सिता सापकोटा र विष्णु बरालले सहजीकरण गरिरहेका छन् । अभिमुखिकरण बुधबार सकिने जनाइएको छ । अभिमुखिकरणलाई आठराई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र बहादुर घिमिरेको अध्यक्षतामा सूरु भएको हो ।
कार्यक्रमको प्रमुख अतिथि पालिका उपाध्यक्ष रुपादेवि कन्दङवाको आतिथ्यमा भएको छ । सहभागिहरुलाई अधिकृ घिमिरे र उपाध्यक्ष रुपादेवि कन्दङवाले सिकेको सिपलाई कार्यान्वयनतर्फ लागू हुनेमा विश्वास व्यक्त गरे । अभिमुखिकरण पालिकाको पञ्जीकरण सेवा इकाइको आयोजनामा सरु गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्