जनता टाइम्स

१९ आश्विन २०७७, सोमबार १६:२५

संसदमै गुण्डागर्दी र तोडफोडमा उत्रिए कांग्रेस सांसद : सभामुखमाथि हातपात गर्दै लोकतन्त्रकै लिए हुर्मत (भिडियोसहित)


बुटवल, असोज १९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरु प्रदेशसभामै गुण्डागर्दी र तोडफोडमा उत्रिएका छन । आफ्नो घर आँगनमा राजधानी हुनुपर्ने भन्दै नारावाजी गरेका सांसदहरुले प्रजातन्त्रको मजाक गर्दै सभामुखमाथि नै हातपात गरेका छन ।

प्रदेश नम्बर ५ को प्रदेशसभामा विपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सोमबार दोस्रो पटक बसेको बैठकमा पनि नाराबाजीसहित प्रदर्शन गरेका छन्। सभामुखले बैठक सुरू गर्नेबित्तिकै कांग्रेस सांसद उठेर रोष्टम घेर्न पुगेका हुन । सरकारले स्थायी राजधानी दाङमा तोक्ने प्रस्ताव फिर्ता लिनुपर्ने कांग्रेसले माग राखेको हो।

कांग्रेसको विरोधबीच सभामुखले प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव छलफलका लागि पेश गर्न आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई समय दिनुभएको छ । मन्त्री केसी रोष्टमतर्फ अगाडि बढ्दा कांग्रेस सांसदले छेकेका थिए । नेकपाले सर्वसत्तावाद लाद्न खोजेको कांग्रेसको आरोप छ ।

सभामुखले समय दिएपछि मन्त्री केसीले स्थायी राजधानी र प्रदेशको नामबारे प्रस्ताव छलफलका लागि पेश गर्नुभएको छ । लगत्तै विपक्षी सांसदहरूले संसदको कुर्सी उचालेर टेबुल तोडफोड गरेका छन । उनीहरूले बोल्ने माइक पनि तोडफोड गरेका छन टेबुल पनि भुइँमा ढलाइदिएका छन ।

समय पाएपछि सभामा बोल्दै मन्त्री केसीले सभामुखमाथि हातपात गरेर कांग्रेसले लोकतन्त्रको हुर्मत लिएको भन्दै सो कार्यप्रति खेद प्रकट गर्नुभयो । केसीले प्रस्तावसहित आफ्नो धारणा राखेसँगै सभामुखले भोलिसम्मका लागि बैठक स्थगित गर्नुभएको छ ।

https://www.facebook.com/jantatimes/videos/3644244262273947