काठमाडौं, असोज १९
प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले विरोधमा उत्रिएका नेपाली कांग्रेसका सांसदलाई घिसारेर निकाल्न निर्देशन दिनुभयो । आफूले बोलिरहेका बेला नाराबाजी र टेबुल ठटाइरहेका विपक्षी दलका सांसदलाई रोष्टमबाटै मर्यादापालकलाई निर्देशन दिँदै मन्त्री केसीले बाहिर निकाल्न निर्देशन दिनुभएको हो ।
आफूभन्दा अगाडि रहेका मर्यादापालकलाई निर्देशन दिँदै मन्त्री केसीले भन्नुभयो, ‘हेल्लो, समातेर हालि दिनुस्। घिसारेर निकालिहाल्नुस्। निकालिहाल्नुस्।’ कांग्रेस सांसदले संसदीय मर्यादा कायम गर्न माग गर्दै नाराबाजी गरिरहेका थिए।
लगत्तै बोलेका मन्त्री केसीले थप्नुभयो, ‘मान्य सदस्यहरू। बाहिर निकालिहाल्नुस्।’ मन्त्री केसीले कांग्रेस सांसदलाई संसदमा तोडफोड गरेको भन्दै बिपीले गिज्याइरहेको बताउनुभएको थियो । संसदीय अभ्यासको नमूना कांग्रेसले प्रदेशसभामा तोडफोड गरेको उहाँको भनाइ थियो।
प्रतिक्रिया दिनुहोस्