जनता टाइम्स

१९ आश्विन २०७७, सोमबार १८:२६

प्रदेश–५ को राजधानीबारे मन्त्री भुषालले खोले मुख


बुटवल, असोज १९

प्रदेश–५ को स्थायी राजधानीका विषयमा अहिले विवाद तिव्र रुपमा भईरहेको छ । प्रदेशसभामा विपक्षी दल नेपाली कांग्रेसका सांसदहरु तोडफोड मै उत्रिएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र पनि विवाद कायमै छ ।

प्रदेश सरकारले दाङको देउखुरीमा प्रदेशको स्थायी केन्द्र तोक्न प्रस्ताव पेश गरेको छ । यसविषयले अहिले दुई मत स्पष्ट रुपमा आएका छन् । पक्ष र विपक्षमा आवाज उठिरहेका बेला नेकपाका संघीय सांसद तथा कृषिमन्त्री घनश्याम भुषाल भने आश्चर्यजनक रुपमा मौनतामा बस्नु भएको छ । रुपन्देहीबाट संघीय ससंदमा जननिर्वाचित प्रतिनिधि भएपनि उहाले पक्ष र विपक्षमा बोल्न रुचाउनु भएको छैन ।

राजनीतिक मान्छले आफ्नो क्षेत्रमा आईपरेको समस्या समाधानका लागि पहल गर्नुपर्ने बेला चुप लागेको भन्दै नेकपाकै कतिपय नेताहरुले असन्तुष्टि जनाउनु भएको छ । तर, मन्त्री भुषालको सचिवालय स्रोतले दिएको जानकारी अनुसार भुषालले यसविषयमा कुनै धारणा सार्वजनिक नगर्ने जानकारी दिएको छ ।

संघीय मन्त्री रहेकाले यसविषयमा बोल्दा विवाद आउन सक्ने भन्दै नबोल्ने नीति अख्तियार गरेको दावी गरेको छ । भुषाल रुपन्देही क्षेत्र नम्बर ३ बाट तत्कालिन राप्रपाका दिपक बोहोरालाई पराजित गर्दै निर्वाचित हुनु भएको थियो ।