जनता टाइम्स

१९ आश्विन २०७७, सोमबार २१:३७

नेपाल बैँकको सञ्चालकमा शेयरधनीको प्रतिनिधित्व वृद्धि


काठमाडौं, असोज १९

नेपाल बैंक लिमिटेडको विशेष साधारणससभाले सञ्चालक समितिमा साविकको व्यवस्थामा परिवर्तन गरी शेयरधनीको प्रतिनिधित्व बढाएको छ ।

भर्चुअलरुपमा आज गरिएको सभाले नेपाल सरकारबाट मनोनयन हुने चार सञ्चालकबाट घटाई तीन र सर्वसाधारण शेयरधनीका तर्फबाट निर्वाचित हुने दुईबाट वृद्धि गरी तीन कायम गर्ने व्यवस्था पारित गरेको छ । नियमावलीको सम्बन्धित दफामा संशोधन गर्नाका साथै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम हुने गरी प्रबन्धपत्र तथा नियमावलीलाई समयानुकूल अद्यावधिक गर्न प्रबन्धपत्र तथा नियमावलीका अन्य व्यवस्थामा संशोधन÷थपघट गर्ने प्रस्ताव सभाबाट पारित भएको बैकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिनुभयो ।

प्रवक्ता अधिकारीका अनुसार सभामा प्रस्तुत भएको सञ्चालक समितिमा सञ्चालकको प्रतिनिधित्व सम्बन्धी साविकको व्यवस्थामा परिवर्तन गरी नेपाल सरकारबाट मनोनित हुने ४ (चार) जना सञ्चालकबाट घटाई ३ (तीन) र सर्वसाधारण शेयरधनीको तर्फबाट निर्वाचित हुने २ (दुई) जना सञ्चालकबाट बृद्धि गरी ३ (तीन) कायम गर्न नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने साथै, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम हुने गरी प्रबन्धपत्र तथा नियमावलीलाई समयानुकूल अद्यावधिक गर्न प्रबन्धपत्र तथा नियमावलीका अन्य व्यवस्थामा संशोधन–थपघट गर्ने प्रस्ताव सभाबाट पारित भएको छ ।