जनता टाइम्स

२० आश्विन २०७७, मंगलवार ११:०३

प्रदेश–५ को स्थायी राजधानीको विषयमा कांग्रेसभित्र बबण्डर


बुटवल, असोज २०

प्रदेश–५ को स्थायी राजधानीका विषयमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसभित्र बबण्डर शुरु भएको छ । मतदानकै दिन कांग्रेसले विपक्षमा मतदान गर्न ह्विप जारी गरेपछि त्यसलाई उल्लंघन गर्ने चेतावनी सांसदले दिन शुरु गरेका छन् ।

कांग्रेसले निर्णय गरे पनि दाङ र बाँकेका नेताले भने दाङकै पक्षमा मतदान गर्ने तयारी गरेका छन् । प्रदेश सरकारको निर्णयपछि आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानी देउखुरी उपत्यका र प्रदेशको नाम लुम्बिनी प्रस्ताव गर्दै प्रदेशसभामा शुक्रबार पेश गर्नुभएको थियो ।