भैरहवा, असोज २०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रुपन्देहीबाट घुस लिने र दिने दुवै जनालाई पक्राउ गरेको छ । लेनदेनको उजुरी लेनदेनबाटै मिलाइदिने भन्दै रकम लिने रुपन्देहीको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी नायब निरीक्षक (सइ) गगन सिंह बोगटीलाई पाँच हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । साथै घुस दिने व्यक्ति पनि पक्राउ परेका छन् ।
अख्तियारको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालका अनुसार पक्राउ परेका बोगटीले कार्यालयमा दर्ता भएको रकम लेनदेनको उजुरी मिलाइदिने प्रयोजनका लागि स्थानीय दुर्गेश यादवसँग ५ हजार रुपैयाँ घुस माग गरेका थिए । सोमबार साँझ बोगटी र यादवबीच घुस रकम लेनदेन भइरहेको अवस्थामा दुवैजनालाई लुम्बिनी सांस्कृतिक नगरपालिका ६ स्थित ग्रेण्ड कस्मो लुम्बिनी होटल नजिकैबाट नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको प्रवक्ता भुसालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्