जनता टाइम्स

२० आश्विन २०७७, मंगलवार १२:२३

कडा कानुन नबन्दा घटना बढ्दो : घरमा कोही नभएको मौका छोपी बालिकामाथि बलात्कार


सप्तरी, असोज २०

चौध वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरीबाट एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका–७ का ३५ वर्षीय पाँचु सरदार रहेका इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ।

पीडित बालिकाका अभिभावकले दिएको उजुरीका आधारमा पक्राउ परेका सरदारविरुद्ध सोमबारै जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ।

घरमा कोही नभएका बेला शनिबार साँझ उनले बालिकालाई बलात्कार गरेका इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिनुभयो । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आइतबार बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ।