बुटवल, असोज २०
प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको समग्र विकासका लागि स्थायी राजधानी दाङको देउखुरी प्रस्ताव गरिएको बताउनु भएको छ । उहाले प्रदेशको सिंगो सभ्यता बोकेको राप्ती नदी किनारमा प्रदेश स्थायी राजधानी बनाउन खोजिएको बताउनु भयो ।
प्रदेश ५ को प्रदेशसभा बैठकमा विशेष समय लिएर धारणा राख्दै मुख्यमन्त्री पोखरेलले अन्य प्रदेशहरुले स्थायी राजधानी तोकेपनि भवन बनाउने स्थान नपाउने अवस्था आएको हामीले देखिरहेको समेत बताउनु भयो । उहाले प्रदेशलाई बaलियो बनाउन हरेक क्षेत्रको योगदानलाई मिलाउनुपर्ने समेत उल्लेख गर्नुभयो । ‘हामीले हाम्रो प्रदेशलाई बलियो बनाउन हरेक क्षेत्रको योगदानलाई मिलाउनुपर्छ । कुनै क्षेत्र विशेषको केन्द्रित भएर सोच्छौं भने यो सम्भव छैन,” उहाको भनाई थियो । मुख्यमन्त्री पोखरेलले कुनै एक क्षेत्र विशेषमा केन्द्रित भए प्रदेश ५ को समग्र समृद्धिको परिकल्पना गर्न नसकिने जिकिर गर्नुभयो ।
उहाले प्रदेश राजधानी छनोटमा कुनै राजनीतिक आग्रह नभएको दाबी गर्नुभयो । प्रदेशको समग्र हितलाई केन्द्रविन्दुमा राखेर राजधानी छनोट गरिएको उहाको भनाइ छ । ‘‘प्रदेशको स्थायी राजधानीको रूपमा हामीले राप्ती गाउँपालिका, शितगंगा नगरपालिका र गढवा गाउँपालिका गरी तीन वटा पालिका छनोट गरेका छौं। यसमा दुईवटा गाउँपालिकाको नेतृत्व प्रतिपक्षी दलले नै गरिरहेको छ,’’ मुख्यमन्त्री पोखरेलले भन्नुभयो, ‘‘त्यो गाउँपालिकाको सत्तापक्ष नै नेपाली कांग्रेस हो। त्यसकारण प्रदेश सरकारले कुनै आग्रहलाई अगाडि सारेको छैन। समग्रग प्रदेशको हितलाई केन्द्रविन्दुमा राखिएको छ।’’
प्रतिक्रिया दिनुहोस्