काठमाडौं, असोज २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र बेल्जियमले उत्कृष्ट द्विपक्षीय सम्बन्धको आनन्द लिइरहेको बताउनुभएको छ ।
बेल्जियमका नवनियुक्त प्रधानमन्त्री अलेक्जेन्डर डे क्रोलाई बधाई तथा शुभकामना पठाउँदै प्रधानमन्त्री ओलीले यस्तो धारणा राख्नुभएको हो । बधाई सन्देश पठाउनुहुँदै प्रधानमन्त्री ओलीले नेपाल र बेल्जियमले उत्कृष्ट द्विपक्षीय सम्बन्धको आनन्द लिइरहेको र आगामी दिनमा दुई देशबीचको सहकार्य आगामी दिनमा थप विस्तार हुने आशा पनि व्यक्त गर्नुभएको छ ।
यसैबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेल्जियमका नवनियुक्त उपप्रधानमन्त्री तथा विदेशमन्त्री सोफी विम्सलाई बधाई दिनुभएको छ । नेपाल र बेल्जियमबीचको सम्बन्धका साथै द्विपक्षीय व्यापार र लगानी उहाँको कार्यकालमा अझ सुदृढ हुने विश्वास मन्त्री ज्ञवालीले बधाई सन्देशमा उल्लेख गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्