जनता टाइम्स

२१ आश्विन २०७७, बुधबार १६:३०

आज १५ कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ५७८


काठमाडौं, असोज २१

कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका १५ जनाको मृत्यु भएको हो । योसँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५७८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ५ महिला र १० जना पुरुष गरि १५ जनाको मृत्यु भएको हो । यो संक्रमित हुनेहरुबाट मृत्यु हुनेको संख्या ०.६१ प्रतिशत हो ।