जनता टाइम्स

२२ आश्विन २०७७, बिहीबार ११:२९

सरकार र डा. गोविन्द केसीपक्षबीच शिक्षा मन्त्रालयमा बार्ता


काठमाडौं, असोज २२

सरकारी टोली र डा. गोविन्द केसीको टोलीबीच शिक्षा मन्त्रालयमा बार्ता शुरु भएको छ । साढे १० बजेबाट शिक्षा मन्त्रालयमा वार्ताका सुरु भएको हो । बुधबार सरकारले गठन गरेको वार्ता टोली र केसीका प्रतिनिधिबीच पहिलो पटक औपचारिक वार्ता सुरु भएको हो ।

यसअघि डा. केसीसंग बार्ता गर्न शिक्षा सचिव गोपिनाथ मैनालीको संयोजकत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी, चिकित्सा शिक्षा आयोगका निर्देशक डा. शर्मा सहितको टोली गठन गरेको छ । यता डा. केसी पक्षबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा, डा. अञ्जनीकुमार झा, डा. लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सहभागी छन् ।