काठमाडौं, असोज २२ । काठमाडौंमा भेन्टिलेटर नपाएर एक जना कोरोना संक्रमितको ज्यान गएको छ । कोरोना संक्रमित ७० बर्षीय एक बिरामीको भेन्टिलेटर खोज्दा खोज्दै ज्यान गएको हो ।
संक्रमितका निकट सुभाष अधिकारीले सामाजिक सञ्जालमा दिएको जानकारी अनुसार भेन्टिलेटर खोज्दाखोज्दै ती सक्रमितको मृत्यु भएको हो । ‘७० बर्षीय कोभिड बिरामीलाइृ आज बिहान ८ बजेदेखि काठमाडौंमा भेन्टिलेटर खोज्यौं, कतै पाइएन, भोलि ९ बजे मिल्ने आश्वासन आयो, तर बिरामी भर्खरै बित्नुभयो । हामी भन्दा राज्य निकै कमजोर रहेछ, सतर्क बनौं,’ अधिकारीले लेख्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्