काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका तीनै जना सल्लाहकार कोरोनामुक्त हुनुभएको छ । बिहीवार गरिएको पिसिआर परीक्षणमा प्रमुख सल्लाहकार बिष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा र परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईको रिपोर्ट नेगेटिभ आएको हो ।
गत शुक्रवार गरिएको पिसिआर परीक्षणमा पोजेटिभ आएपछि तीनै जना सल्लाहकार निवासमै आइसोलेशनमा बस्नुभएको थियो । घरेलु औषधी सेवन गरी उहाँहरुले कोरोनालाई पराजित गर्नुभएको हो । मुख्य सल्लाहकार रिमाल, परराष्ट्र सल्लाहकार भट्टराई र प्रेस सल्लाहकार थापाका परिवारका सवै सदस्यको नजिता पनि नेगेटिभ आएको छ ।
कोरोनामुक्त भएपछि उहाँहरुले यसलाई हल्का रुपमा नलिन र शक्तिबर्धक घरेलु औषधीको सेवन र उच्च सतर्कता अपनाउनु सुझाव दिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्