जनता टाइम्स

२३ आश्विन २०७७, शुक्रबार १६:३३

कोरोनाबाट ६०० जनाको मृत्यु, आज मात्रै १० जनाको गयो ज्यान


काठमाडौं, असोज २३

कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका १० जनाको मृत्यु भएको हो । योसँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ६०० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका १ महिला र ९ जना पुरुष गरि १० जनाको मृत्यु भएको हो । यो संक्रमित हुनेहरुबाट मृत्यु हुनेको संख्या ०.६० प्रतिशत हो ।