जनता टाइम्स

२४ आश्विन २०७७, शनिबार ०८:३६

कोरोना संक्रमित नेतृ शान्ता चौधरी आईसीयुमा सारियो


काठमाडौं, असोज २४ । कोरोना भाइरसबाट संक्रमित नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारिएको छ । चौथो दिनमा पनि केही सुधार नआएपछि चौधरीलाई गएरातिदेखि आइसीयूमा सिफ्ट गरिएको उहाको सचिवालयले जनाएको छ । चौधरीको उपचार बीर अस्पतालमा हुँदै आएको छ ।

उहाले यसअघि आफूलाई श्वास फेर्न गाह्रो भएकाले फोन नगरिदिन सामाजिक सन्जालमार्फत् आग्रह गर्नुभएको थियो । चौधरीमा यही असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उहामा कोरोनाको लक्षण देखिएको थियो । शान्ता चौधरी स्तन क्यान्सरबाट समेत पीडित हुनुहुन्छ ।

उहाले क्यान्सरको उपचार भारतको नयाँदिल्लीमा गराउनु भएको थियो । क्यान्सर रोगको उपचारका लागि सरकारले दिएको पाँच लाख रकम बचेपछि उहाले सरकारलाई नै फिर्ता गरेकी गर्नुभएको थियो ।