जनता टाइम्स

२५ आश्विन २०७७, आईतवार ००:३७

सरकार र डाक्टर गोबिन्द केसीबीच आठ बुँदे सहमति : यसरी भयो केसीको ६ बुँदे माग पूरा (पूर्णपाठसहित)


काठमाडौं, असोज २५ । अनसनरत डाक्टर गोविन्द केसी र सरकार पक्षबीच त्रिवि शिक्षण अस्पतालमा सहमति पत्रमा हस्ताक्षर भएको छ । दुवै पक्षबीच शनिवार मध्यराती ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो। सहमति पत्रमा सरकारी वार्ता टोलीका संयोजक रहनुभएका शिक्षा सचिव गोपीनाथ मैनाली र डा गोविन्द केसीले हस्ताक्षर गर्नुभएको छ ।

सहमतिमा ८ बुँदा भए पनि मुख्य बुँदा भने डा केसीका ६ बुँदे मागका ६ वटा सहमति छन। ७ नम्बर बुँदामा उक्त सहमतिलाई सम्बन्धित निकायमा लैजाने र ८ नम्बर बुँदामा अनसन तोड्ने उल्लेख छ। वार्ताका लागि सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीसहित स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा तथा डाक्टर गोविन्द केसीका तर्फबाट डाक्टर जीवन क्षेत्री सहभागी हुनुभएको थियो ।