जनता टाइम्स

२५ आश्विन २०७७, आईतवार १६:३२

हालसम्म कोरोनाका कारण ६३६ जनाको मृत्यु, आज मात्रै देशभर २२ जनाको ज्यान गयो


काठमाडौं, असोज २५

कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका २२ जनाको मृत्यु भएको हो । योसँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ६३६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ५ महिला र १७ जना पुरुष गरि २२ जनाको मृत्यु भएको हो । यो संक्रमित हुनेहरुबाट मृत्यु हुनेको संख्या ०.५९ प्रतिशत हो ।